२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाईते

जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाईते

साझा पोष्ट
बिहीबार , असोज २९ २०८३
  • images
    जाजरकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाईते
    images

    काठमाडौं,असोज २९ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
    दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।


    images

    दुर्घटनामा दिलबहादुर भण्डारी र उनका चार वर्षीय छोरा शिशिर भण्डारी घाइते भएका छन् ।
     सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप बिहीबार बिहान करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार