२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

पृथ्वी राजमार्ग दुईतर्फीनै गाडी चल्न थाले

पृथ्वी राजमार्ग दुईतर्फीनै गाडी चल्न थाले

साझा पोष्ट
बिहीबार , असोज १ २०८३
  • images
    images
    पृथ्वी राजमार्ग दुईतर्फीनै गाडी चल्न थाले

    काठमाडौं,असोज १ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै १८ दिनपछि दुईतर्फी सवारीसाधन चल्न  थालेका छन् ।


    images

    भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध थियो ।
    जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन्।

    भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो।

    सडक डिभिजन कार्यालयले यस स्थानमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम द्वारा जारी सूचनामा उल्लेख छ।

    राजमार्ग सञ्चालनमा आए पनि अझै विभिन्न स्थानहरूमा सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने जस्ता जोखिमपूर्ण अवस्था कायमै रहेकाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

    विशेष गरी वर्षा भइरहेको समयमा वा सडकमा अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको निर्देश पालना गर्न तथा आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार