२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला

माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला

साझा पोष्ट
शुक्रबार, असोज २ २०८३
  • images
    images
    माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला

    काठमाडौं,असोज २ । माथिल्लो त्रिशूली १ को टनेलभित्र १३ वटा शव फेला परेका छन्। शुक्रबार बिहान ६ वटा शव निकालिएकोमा दिउँसो थप ७ वटा शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ। सबै शव टनेल बाहिर निकालिएको छ।
    अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्। यो आयोजनामा बाढीपछि ४९२ जना सम्पर्कविहीन छन्। यहाँ एक हजार ४३३ जना कार्यरत थिए। कोरियाली लगानीमा यो जलविद्युत् परियोजना निर्माण भइरहेको थियो। 
    नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी कार्य गरिरहेको छ। यस्तै त्रिशूली ३ ए र ३ बी को टनेल र पावर हाउसमा पनि खोजि कार्य भइरहेको छ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार