काठमाडौं,असोज ४ । कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदक विहीन भएकी छिन्। सबैभन्दा बढी पदकको आश गरिएकी
एरिका कराते महिला ६८ केजी माथिको तौल समूहको रिपिचेज कास्य पदक प्रतिस्पर्धामा ए साउदी अरेबियाकी मुस्तफा डिना अहमदसँग ८-७ ले पराजित भइन् ।
त्यसअघि सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफ्या बेरूत्सेभासँग २-१ को झिनो अन्तरमा पराजित भएकी थिइन् ।
पहिलो खेलमा एरिकाले जोर्डनकी यारा नासिरलाई ७-१ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। गत संस्करणमा एरिकाले ऐतिहासिक रजत नेपाललाई दिलाएकी थिइन्।



