२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

एन्फाका कोषाध्यक्ष र लेखापालविरुद्ध म्याच फिक्सिङ, अनियमितता र ठगीमा अनुसन्धान

एन्फाका कोषाध्यक्ष र लेखापालविरुद्ध म्याच फिक्सिङ, अनियमितता र ठगीमा अनुसन्धान

साझा पोष्ट
सोमबार, असोज ५ २०८३
  • images
    images
    एन्फाका कोषाध्यक्ष र लेखापालविरुद्ध म्याच फिक्सिङ, अनियमितता र ठगीमा अनुसन्धान

    काठमाडौं, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध म्याच फिक्सिङ, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको छ । शुक्रवार पक्राउ गरिएका उनीहरुविरुद्ध म्याच फिक्सिङ, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भैरहेको  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।


    images

    सीआईबीका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका जोशी र पाण्डेलाई जिल्ला अदालत ललितपुरबाट पहिलोपटक ४ दिनको म्याद थप गरिएको छ। 

    यसअघि शुक्रबार सीआईबीको टोलीले एन्फा कार्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई नियन्त्रणमा लिएको थियो।

    फिफाको निलम्बन रहेको एन्फा नेतृत्वले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै राखेपले काम गर्न दिनुपर्ने अन्यथा आफूहरुले कार्यालय सन्चालन गरेको केही दिन मै जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार