काठमाडौं,असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा हिजाे बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ। उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ । उनको आज बिहान मृत्यु भएको हो ।
हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो । सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए।



