काठमाडौं, असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् जाँदैछ । प्रधानमन्त्री शाह साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जहाजमा अमेरिकातर्फ जानेछन् । यो उनका पहिलो विदेश भ्रमण हो । उनी विदेश जाँदा केही नयाँ र रोचक लाग्ने दृष्य देख्न पाइने छ ।
उनले नेपाली सेनाको सलामी लिने छैनन् भने मन्त्रीसहितका सरकारी पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरू लाइन लागेर बिदाइ गरेको दृष्य पनि यसपटक देखिने छैन ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार , ‘प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा विगतमा जस्तो सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने परम्परा अब तोडिने’ छ । यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किँदा कार्यालयको नियमित काम छाडेर समेत उच्च सरकारी अधिकारीदेखि विभिन्न तहका कर्मचारी विमानस्थल पुग्ने गरेका थिए ।
उनी आज साँझ करिब सवा ६ बजे बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री बालेन विमानस्थल पुग्नुअघि नै उनका टोलीका सदस्यहरू विमानस्थल प्रवेश गरिसकेका हुनेछन् ।
प्रधानमन्त्री बालेनले भीआईपीहरू आउजाउ गर्ने बाटो प्रयोग गर्नेछन् ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे अवगत गराउँदै जलवायु न्यायबारे कुरा राख्नेछन् ।



