२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

बैठक चलाउने काम मेरै हो : ओली

बैठक चलाउने काम मेरै हो : ओली

साझा पोष्ट
मंगलबार, असोज ६ २०८३
  • images
    images
    बैठक चलाउने काम मेरै हो : ओली

    काठमाडौं, असोज ६ । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीलाई महासचिव शंकर पोखरेललाई किन बैठक सञ्चालन गर्न नदिइएको भनेर प्रश्न सोधेका छन् । 


    images

    केन्द्रीय कमिटी बैठकको दोस्रो दिन गैरेले महासचिवलाई बैठक संचालन गर्न नदिँदा बाहिर नराम्रो सन्देश जाने बताउँदै ओलीलाई प्रश्न सोधेका हुन् । 
    ‘बैठक महासचिवलाई सञ्चालन गर्न किन नदिइएको हो ।  पार्टी मिलाएर लैजाने भन्नुहुन्छ, के सन्देश जान्छ यसबाट ? ’ अध्यक्ष ओलीलाई उनले प्रश्न गरेको एक नेताले जानकारी दिए । 

    जवाफमा ओलीले बैठक चलाउने काम अध्यक्षकै भएको भन्दै महासचिवले नदिने बताए । 

    उनले भने, ‘दसैँदेखि महासचिवले सघाउँदै आउनु भएको हो। बैठक चलाउने, समय तोक्ने काम अध्यक्षको हो। बैठकको नियन्त्रण गर्ने अध्यक्षको जिम्मा हो।’

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार