काठमाडौं, असोज ११ । त्रिशूली नदीको कटानका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएको छ।
सिमलतालमा सडकको करिब आधा भाग भासिएपछि सवारीसाधन एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेकाले सडक डिभिजन कार्यालयले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
लगातारको वर्षाका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि नदीको कटान तीव्र छ ।



