२०८३, असोज २५ गते

आइतबार, असोज २५ गते २०८३

आइतबार, असोज २५ गते २०८३

संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध

संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध

साझा पोष्ट
बुधबार, असोज १४ २०८३
  • images
    images
    संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध

    काठमाडौं, असोज १४। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित भएका छन् ।


    images

    आज बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापतिमा चयन गरेको हो । पराजुलीको एकल उम्मेदवारी परेको थियो । यसअघि असोज ५ गतेको बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

    समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङमाग्याबु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया सदस्य  छन् ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार