२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

'निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यक'

'निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यक'

साझा पोष्ट
मंगलबार, असोज २० २०८३
  • images
    images
    'निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यक'

    काठमाडौं,असोज २० । पूर्वमुख्यसचिव विमल कोईरालाले लोकतन्त्रको सुदृढीकरणका लागि सरकारलाई निरन्तर खबरदारी गर्ने सशक्त र स्वतन्त्र नागरिक समाज आवश्यक रहेको बताएका छन् । 


    images


    साेमबार ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै कोइरालाले लोकतन्त्रमा राज्यका तीन अंगसँगै प्रेस र नागरिक समाजको महत्वपूर्ण भुमिका रहने बताएका हुन । उनले नागरिक समाज सरकारको निरन्तर निगरानी गर्ने र नागरिकका आवाज राज्यसम्म पुर्याउने संस्थाका रूपमा स्थापित हुनुपर्ने बताए ।

    नेपालमा नागरिक समाज कुनै समय राजनीतिक दललाई समेत खबरदारी र निर्देशन गर्नसक्ने हैसियतमा रहे पनि पछिल्लो समय राजनीतिक स्वार्थ, पद र नियुक्तिको अपेक्षाका कारण कमजोर हुँदै गएको उनको भनाइ थियो । कोईरालाले नागरिक समाजमा आवद्ध व्यक्तिहरूले संस्थालाई राजनीतिक पद वा नियुक्ति प्राप्त गर्ने माध्यम बनाउने प्रवृत्तिका कारण नागरिक समाजले उठाउनुपर्ने वास्तविक मुद्दा ओझेलमा परेको बताए ।

    उनले नागरिक अभियानमा संलग्न संस्थाले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दा आफू पनि पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । नागरिक अभियान ठूलो त्यागको संस्था भएको भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अभियान सञ्चालन गर्नुपर्नेमा उनले जाेड दिए ।  निर्वाचनबाट प्राप्त जनमतले सरकारलाई वैधानिकता दिए पनि जनताको विश्वास र समर्थन निरन्तर कायम राख्न सरकार जनउत्तरदायी हुनुपर्ने उनले बताए ।


    उनले भने, ‘चौथो अंग भनेर हामीले प्रेसलाई मान्छौँ । लोकतन्त्रको सफलता त्यहाँको प्रेसको स्वतन्त्रतालाई मापन गरेर पनि हेर्न सकिन्छ । त्यस पछिको पाँचौँ शक्ति भनेको नागरिक शक्ति हो, नागरिक अभियान हो । डेमोक्रेसी भनेको बहुमतको अधिनायकवाद होइन । यसमा अल्पमतको पनि त्यत्तिकै स्थान हुन्छ । सानो स्वर पनि त्यहाँ समेटिनुपर्छ ।’


    सरकार निष्पक्ष र तटस्थ भएर नागरिकलाई सेवा दिनुपर्ने तथा सेवा, सुविधा र राजकाजमा राजनीतिकरण गर्न नहुने उनले बताए । नागरिकका आवाज नसुन्ने वा सानो स्वरलाई अपमान गर्ने अवस्था आएमा संगठित नागरिक अभियान आवश्यक हुने उल्लेख गर्दै कोईरालाले नागरिकका आवाज सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा राज्य र समाजसम्म पुर्याउनुपर्ने बताए । –न्युज एजेन्सी नेपाल
     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार