२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित

साझा पोष्ट
सोमबार, असोज १९ २०८३
  • images
    images
    संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित

    काठमाडौं, असोज १९ ।  संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा गृह मन्त्रालयलेसशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।


    images

    सोमबार मन्त्रालयले विज्ञप्ति निकालेर दाहाललाई निलम्बन गरिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल, नेपालले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

    उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार उनलाई निलम्बन गर्दै घटनाको छानबिन गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ।

    मन्त्रालयले तोकिएको जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ।

    विज्ञप्तिमा निजामती तथा सुरक्षा निकायका सबै कर्मचारीले कानुनबमोजिम पदीय आचरण पालना गर्नुपर्ने, सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको गोपनीयता कायम राख्नुपर्ने दायित्व रहेको उल्लेख गरिएको छ।

    home_1.JPG

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार