२०८३, असोज २१ गते

बुधबार, असोज २१ गते २०८३

बुधबार, असोज २१ गते २०८३

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका दम्पती पक्राउ

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका दम्पती पक्राउ

साझा पोष्ट
बुधबार, असोज २१ २०८३
  • images
    images
    पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै इटहरीका दम्पती पक्राउ

     


    images

    काठमाडौं, असोज २१ । पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।

    पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई इटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका परियार र अन्सारीलाई त्यहाँबाट काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ ।  

    पशुपति मन्दिरमा गैरहिन्दू प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रेम विवाह गरेका ओसीम–प्रियंकाले केही दिनअघि पशुपतिनाथ मन्दिरमा गएर भिडिओ बनाएका थिए ।


    उनीहरुले बनाएको भिडिओमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिन्छ । सोही टोपीका आधारमा सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । सांसदले नै प्रश्न उठाएपछि कोषले उनीहरुविरुद्ध जाहेरी दिएको हो ।  घर आएका उनीहरू दुवैलाई प्रहरीले आज पक्राउ गरेको छ ।

    अन्सारी दम्पतीले हिजै एक भिडिओमार्फत स्पष्टीकरण दिँदै आफूहरू मन्दिरभित्र पस्न नपाएको बताएका थिए । मन्दिरको मूल ढोकाबाट भित्र छिरे तापनि आफूहरूलाई भर्‍याङबाट फर्काइएको उनीहरुको भनाइ छ । प्रियंकाले पशुपतिनाथ आफ्नो आस्थाको केन्द्र भएको र श्रीमानलाई पनि देखाउन लगेको उल्लेख गरेकी छन् ।

     

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार