काठमाडौं, कात्तिक ७ । बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष ५० वर्षीय टंक जोशीको भीरबाट लडेर मृत्यु भएको छ।
शुक्रबार भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला जोशी भीरबाट खसेका हुन् ।
उनी २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए। त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी नेकपा एमालेबाट सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए।



