२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

पार्टी पंक्तिलाई ओलीको निर्देशन: देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनू

पार्टी पंक्तिलाई ओलीको निर्देशन: देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनू

साझा पोष्ट
बुधबार, कात्तिक १२ २०८३
  • images
    images
    पार्टी पंक्तिलाई ओलीको निर्देशन: देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनू

    काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् । 


    images


    मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गरे । दक्षिणपन्थी शक्तिहरुले लोकतन्त्र, शान्ति भनेर चिच्याइरहे पनि नेपालीलाई धोका दिइरहेको अध्यक्ष ओलीले आरोप लगाए । 


     ‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ । यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनाैँ भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो । उनले भने, अब दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैल्याउने षड्यन्त्र गर्दछन्  ।’ 


    सरकार बलजफ्ती अघि बढिरहेको र नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे । आवारा शैलीमा प्रहरी अघि बढ्नु राम्रो नभएको उनल टिप्पणी गरे ।

    ओलीले भने, कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पूर्जि, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन ? डे«स नलगाएर, आवारा हो पुलिस ? गुण्डा हो पुलिस ? बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने ? गुण्डा हो की को हो ? बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’


    अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको पनि बताए । उनले सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको बताए । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।


    अध्यक्ष ओलीले भने, ‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन, अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’ –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार