२०८३, कात्तिक १६ गते

आइतबार, कात्तिक १६ गते २०८३

आइतबार, कात्तिक १६ गते २०८३

सोमबार ३ घन्टा पृथ्वी राजमार्ग बन्द रहने

सोमबार ३ घन्टा पृथ्वी राजमार्ग बन्द रहने

साझा पोष्ट
आइतबार, कात्तिक १६ २०८३
  • images
    images
    सोमबार ३ घन्टा पृथ्वी राजमार्ग बन्द रहने

    काठमाडौं,कात्तिक १५ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना निकालेर बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनलाई उद्धृत गर्दै प्रशासन कार्यालयले सोमबार दिनको ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उक्त स्थान भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ । बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न/गराउन अनुरोध गरिएको छ ।


    images

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार