२०८३, कात्तिक २३ गते

आइतबार, कात्तिक २३ गते २०८३

आइतबार, कात्तिक २३ गते २०८३

एनप्याब्सनलाई सरकारले निलम्बन गर्‍यो

एनप्याब्सनलाई सरकारले निलम्बन गर्‍यो

साझा पोष्ट
शुक्रबार, कात्तिक १४ २०८३
  • images
    एनप्याब्सनलाई सरकारले निलम्बन गर्‍यो
    images

    काठमाडौं, कात्तिक १३ । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।
    उक्त संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम  दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।


    images

    साथै संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    ‘यस विषयमा मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई मिति २०८३/६/२३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस मन्त्रालयबाट मिति २०८२/८/१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम “राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार