काठमाडौं, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि सहज जित निकालेको छ ।
आज भएकाे पहिलाे खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमात्रै बनाउन सक्यो ।
दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले विष्फाेटक ब्याटिङ गरेर नट आउट ९३ रन बनाए पनि कर्णालीकाे हार टरेन । चाैथाे नम्बरमा ब्याटिङ गर्न आएका मिलरले ५५ बलमा ९३ रन बनाए । उनले ७ छक्का र ५ चाैका हाने । जारी प्रतियोगितामा उनले बनाएको यो सर्वाधिक रन हो । उनले पहिलाे खेलमै छाप छाेडे ।
दीपक डुम्रेले १८ रन बनाउँदा कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा दीपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामी अभिनाष बोहरा र थारिन्दु रत्नायकेले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन जोडेकाे थियाे । प्रहार गरे ।
यस्तै, विनोद भण्डारीले २७ र ब्रान्डन म्याकमुलेनले २४ रन जोडे । भण्डारीले २२ बलमा २ चौका र २ छक्का प्रहार गरे । म्याकमुलेनले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले २३ रन जोड्दा आरिफ शेख ११ र दीपेन्द्रसिंह ऐरी १० रनमा पभिलियन फर्किए ।
थारिन्दु रत्नाऐके २२ र स्कट कुगेलेन १३ रनमा नट आउट रहे । थारिन्दुले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ६ बल खेलेका स्कटले २ चौका हाने ।
कर्णाली याक्सका लागि मार्क वाटले २ तथा हुसैन तलात, नन्दन यादव र सूर्य तामाङले समान १-१ विकेट लिए । कप्तान सोमपाल कामी विकेट विहीन रहँदै मंहगा सावित भए । उनले ३ ओभरमा ४४ रन दिए ।



