२०८३, कात्तिक २२ गते

शनिबार, कात्तिक २२ गते २०८३

शनिबार, कात्तिक २२ गते २०८३

रवि लामिछानेको नेता-कार्यकर्तालाई चेतावनी: अर्कै ग्रहबाट आए जस्तो नगर,एउटा मात्रै चुनाव जितेको हो नबिर्स

रवि लामिछानेको नेता-कार्यकर्तालाई चेतावनी: अर्कै ग्रहबाट आए जस्तो नगर,एउटा मात्रै चुनाव जितेको हो नबिर्स

साझा पोष्ट
शुक्रबार, कात्तिक २१ २०८३
  • images
    रवि लामिछानेको नेता-कार्यकर्तालाई चेतावनी:  अर्कै ग्रहबाट आए जस्तो नगर,एउटा मात्रै चुनाव जितेको हो  नबिर्स
    images

    काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न सचेत गराएका छन् । 


    images

    शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति हातमा आएको भन्दै जनता र तल्लो तहका कार्यकर्ताको हुर्मत लिने काम पार्टीलाई सह्य नहुने चेतावनी दिएका हुन् । 

    ‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यो सबै नियालिरहेको छ। जब सर्वाधिक शक्ति मिल्छ, त्यतिबेला नै सर्वाधिक जिम्मेवार भएको महसुस हुनेगरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप सञ्चालन गर्न जरुरी हुन्छ।’

    उनले जनताले अभिमत दिएर पठाएपछि  टुप्पीएको टिप्पणी गरे। 'जनताले १८२ सिट दिए, हाम्रो भइँमा खुट्टा छैन। मात्तिएका छौँ। टुप्पिएका छौँ हामी हो कि होइन? यसरी हुँदैन,'  उनले भने।

    उनले अघि भने, 'माथिदेखि तलसम्म हामी यति मातिएका छौँ हामी यति चढेका छौँ हामीले मान्छेलाई मान्छे गनेका छैनौँ। हो हिजो कोही नहुँदा एक्लै घण्टी बोकेर हिँड्दा हामीमाथि कति अपमान भएको थियो।अब त्यसैको बदला लिन म त घण्टीको मान्छे हुँ म रास्वपाको मान्छे हुँ भन्दै प्रहरी/ प्रशासनलाई दबाब दिने काम गर्यौँ भने त्यो राजनीतिक चरित्रले हामीलाई धेरै पर लैजाँदैन। त्यसैले हामीले भुँइँ टेक्नुपर्छ, हामीले भुइँ छोड्नुहुँदैन।'


    आफ्नो पार्टीको सफलतालाई कतिपयले लहर, हुरी वा संयोगका रूपमा व्याख्या गरेपनि उनीहरूलाई दोष नदिन बरू आफै सच्चिन सभापति रवि लामिछानेको आग्रह छ। 

    'अरूलाई दोष नदिनुहोला। हाम्रो व्यवहार, हाम्रा गतिविधिलाई समाजले सञ्चारमाध्यामले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाइ लाग्नु राम्रो होइन साथी हो। समाजले हामीलाई ऐना देखाइदिन्छ। ऐनाले हाम्रो अनुहार देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउने तिर झम्टिने राजनीतक चरित्र होइन। त्यसबाट माथि उठ्नुपर्ने छ,' उनले भने। 

    'हामीले एउटा चुनाव जितेका हौँ कुनै ग्रहबाट खसेर आएका होइनौँ हामी यहीँ जमिनका मान्छे हौँ। जमिन भुल्नुहुँदैन,' सभापति लामिछानेले भने। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार