काठमाडौं, कात्तिक २५ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल अन्तिमतिर छन् । अब सात खेलमात्रै बाँकी छन् । सात खेल सकिएपछि चार टिम प्ले अफ पुग्नेछन् ।
काठमाडौं गोर्खाज ८ अंकसहित शीर्ष स्थानमा छ । समान ८ अंक भएपनि रन रेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ । दिनहुँ कीर्तिपुरमा दर्शकको क्रेज बढ्दो छ । प्ले अफ शुरु हुँदा अझ बढी दर्शक आउने अनुमान छ ।
तस्बिरहरु: