काठमाडौं, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहणसँगै रत्नबहादुर बागचन्द,चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा आज राष्ट्रपतिले नियुक्ति गरेका थिए ।



