२०८३, कात्तिक २९ गते

शनिबार, कात्तिक २९ गते २०८३

शनिबार, कात्तिक २९ गते २०८३

चितवनका स्पिनर सामु धराशायी भयो जनकपुर, ८८ रनमै अलआउट

चितवनका स्पिनर सामु धराशायी भयो जनकपुर, ८८ रनमै अलआउट

साझा पोष्ट
शुक्रबार, कात्तिक २८ २०८३
  • images
    चितवनका स्पिनर सामु  धराशायी भयो जनकपुर, ८८ रनमै अलआउट
    images

    काठमाडौं, कात्तिक २७ ।  चितवन राइनोजको  उत्कृष्ट स्पिन बलिङ सामु जनकपुर बोल्ट्स धराशायी भएको छ । कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुर बोल्ट्स  ८८ रनमै अलआउट भएको हो ।  जनकपुरका ब्याटरमाथि चितवनका स्पिनर हावी भए । चितवनका स्पिनरले ७ विकेट लिए ।  


    images

    रन्जित कुमार र कप्तान सिकन्दर राजाले शानदार बलिङ गरेपछि जनकपुरको ब्याटिङ ध्वस्त भयो । चितवनका रञ्जितकुमारले ३ तथा सिकन्दर राजा र कमिल मिशाराले समान २ विकेट लिए । कमलसिंह ऐरी र रिजन ढकालले समान एक विकेट हात पारे । 

    कप्तान हर्मित सिंहको संयमित ब्याटिङमा जनकपुरले पूरा २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो । 

    जनकपुरका लागि सातौं नम्बरमा ब्याटिङ गरेका सिंहले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । हर्मीतले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल सुशलिङले १३ बल खेल्दै समान १ चौका र छक्का मद्दतमा १५ रन जोडे । 

    १० बल खेलेका राहुल यादवले एक छक्का प्रहार गर्दै नटआउट १० रन जोडे । जनकपुरका सन्तोष कार्की १०, रायन बर्ल ६ तृतराज दास  ५ रनमा आउट भए । 
    आदित्य महताले २५ बल खेल्दा जम्मा ४ रन बनाए । अभिषेक तिवारी पनि ४ रनमा आउट भए । ललित राजवंशी २ रनमा नटआउट रहे ।

     पाँचौ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताले जाेडेकाे १८ रननै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार