२०८३, कात्तिक २९ गते

शनिबार, कात्तिक २९ गते २०८३

शनिबार, कात्तिक २९ गते २०८३

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरिए

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरिए

साझा पोष्ट
शुक्रबार, कात्तिक २८ २०८३
  • images
    चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरिए
    images

    काठमाडौं, कात्तिक २७ । जनकपुर बोल्ट्स र कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएका छन् । 
    पहिलो सिजनको विजेता जनकपुर चितवन राइनोजसँग ४ विकेटले पराजित भएसँगै दुवैटिम  प्रतियोगिताबाट बाहिरिएका हुन् ।   जनकपुर बोल्ट्सलाई हराउँदै चितवन राइनोजले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ। 


    images

    शुक्रबार भएको दोस्रो खेलमा जनकपुरलाई चार विकेटले पराजित गर्दै चितवनले शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो। 

    लिग चरणका तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा उक्लेको छ।  जनकपुर बोल्ट्सले दिएको ८९ रनको सामान्य लक्ष्य चितवन राइनोजले १७.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।

    चितवन राइनोजका लागि डेभिड मलान ३५ र कमलसिंह ऐरी ७ रनमा अविजित रहे । ३९ बल खेलेका मलानले १ छक्का प्रहार गरे । कुशल मल्लले १५ रन जोडे । २५ बल खेलेका कुशलले १ चौका प्रहार गरे । 

    रवि बोपाराले १३ र कमिल मिसाराले १२ रनको योगदान दिए । १६ बल खेलेका बोपाराले ३ चौका प्रहार गरे । ६ बल खेलेका कमिलले १ चौका र १ छक्का प्रहार गरे ।  कप्तान सिकन्दर राजा र ओपनर अर्जुन साउद भने शून्य रनमै पभिलियन फर्किए । 

    जनकपुर बोल्ट्सका लागि राहुल यादवले ३ र ललितनारायण राजवंशीले २ विकेट लिए । 

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ क्षतिमा ८८ रनको सामान्य योगफल तयार पारेको थियो ।

    जनकपुर बोल्ट्सका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २५ रनको योगदान दिए । २५ बल खेलेका हर्मितले २ चौका र १ छक्का प्रहार गरे । विशाल सुस्लिङले १५ र सन्तोष कार्कीले १० रन जोडे ।

    १३ बल खेलेका विशालले १ चौका र १ छक्का प्रहार गरे । ११ बल खेलेका सन्तोषले १ छक्का प्रहार गरे । राहुल यादव १० र ललित राजवंशी २ रनमा नट आउट रहे । राहुलले १० बलमा १ छक्का प्रहार गरे । 

    चितवन राइनोजका लागि रञ्जित कुमारले ३ तथा कप्तान सिकन्दर राजा र कमिल मिसाराले समान २-२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो । 

    । लिग चरणबाटै बाहिरिएको जनकपुर बोल्ट्सले  ७ खेलबाट २ जित र ५ हारको नतिजासहित ४ अंक जोड्यो । 

    एनपीएलको दोस्रो संस्करणमा पुछारमा रहेर लिग सक्काएको जनकपुर बोल्ट्सले यसपटक पनि ७ खेलमा २ मात्र जित निकाल्न सफल भयो । लुम्बिनी लायन्स एक खेलअघि नै र सुदूरपश्चिम रोयल्स आफ्नो अन्तिम खेलमा काठमान्डाै गोर्खाजमाथि ७ रनको जित निकाल्दै प्लेअफमा पुगिसकेका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार