२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

साझा पोष्ट
आइतबार, कात्तिक ३० २०८३
  • images
    काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
    images

    काठमाडौं, कात्तिक २९ । काठमाडौँबाट रारा जाँदै गरेको हाइलक्स गाडी मुगुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।


    images


    बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा सवार पाँच जनामध्ये काठमाडौँको कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो ।

    सो दुर्घटनामा परी चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् ।

    दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार