२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

एनपीएल: अन्तिम खेलमा कीर्तिमानी योगफलसहित पोखराको शानदार जित, काठमाडौं ५५ रनले पराजित

एनपीएल: अन्तिम खेलमा कीर्तिमानी योगफलसहित पोखराको शानदार जित, काठमाडौं ५५ रनले पराजित

साझा पोष्ट
आइतबार, कात्तिक ३० २०८३
  • images
    एनपीएल:  अन्तिम खेलमा कीर्तिमानी योगफलसहित पोखराको शानदार जित, काठमाडौं ५५ रनले पराजित
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको छ ।


    images

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन सकेन । काठमाडौंले १९ ओभर ५ बल खेलेर मात्रै १६९ रन बनाउन सक्यो । 

    पोखराका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ र रासिद खानले ३१ रन बनाए । विलियम बोसिस्टोले २६ रन बनाए । नौ नम्बरका ब्याटर सोनु देवकोटाले आक्रामक २९ रन बनाए । उनले १४ बलको सामना गर्दा ४ छक्का हाने । उनले अन्तिम ओभरमा युवराज सम्रालाई ४ छक्का हाने । पोखराका लागि दिनेश खरेलले ४ र विपिन खत्रीले ३ विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । पोखराले एनपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाउने क्रममा कीर्तिमानसमेत कायम गरेको थियो ।

    पोखराका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ५१ बलमा ९९ रन बनाए । उनी शतक बनाउन एक रनले चुके । त्यस्तै युवराज सिंह सामराले ५५ बलमा ८९ रनको योगदान गरे ।

    भुर्तेल र सामराले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । कप्तान चमिका करुणारत्नेले अविजित १९ रन जोडे ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार