२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

स्थानीय तह निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल शुरु

स्थानीय तह निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल शुरु

साझा पोष्ट
शुक्रबार, मंसिर ५ २०८३
  • images
    स्थानीय तह निर्वाचनबारे आयोगद्वारा दलहरूसँग छलफल शुरु
    images

    काठमाडौं, मंसिर ४ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल शुरु गरेको छ ।
    शुक्रवार आयोगमा आयोजित छलफलमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, प्रतिपक्ष दलहरु नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,पाली काँग्रेसका सभापति गगनकुमार थापा,  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल छलफलमा सहभागी छन् ।


    images

    त्यस्तै, रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईलगायतका नेताहरूको पनि सहभागिता  छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले राजनीतिक दलहरूसँग परामर्श थालेको हो । छलफलमा निर्वाचनको तयारी, व्यवस्थापन तथा दलहरूको सुझावका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार