२०८३, मंसिर ८ गते

सोमबार, मंसिर ८ गते २०८३

सोमबार, मंसिर ८ गते २०८३

प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो: सरकार

प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो: सरकार

साझा पोष्ट
सोमबार, मंसिर ८ २०८३
  • images
    प्रधानमन्त्रीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो: सरकार
    images

    काठमाडौं, मंसिर ७ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको बताएका छन् ।
    प्रधानमन्त्री साह स्वदेश फर्किपछि सोमवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे ब्रिफिङ गर्दै मन्त्री खनालले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले  प्रधानमन्त्रीको दुई दिने राजकीय भारत भ्रमण  नेपालको राष्ट्रिय हित प्रवद्र्धन, आर्थिक वृद्धि, विकास र समृद्धिलाई केन्द्रमा राखेर सम्पन्न भएको बताए ।


    images

    भारतसँगको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने विषय भ्रमणको मुख्य प्राथमिकतामा रहेको समेत उनले बताए । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको पनि मन्त्री खनालले विश्वास व्यक्त गरे । 


    परराष्ट्रमन्त्री खनालले भने, ‘वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवद्र्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ । मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो । साथै लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौँ ।’
    उनले भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पुर्याउनुका साथै अगामी दिनमा समेत परिणाममुखी उपलब्धी हासिल गर्ने आधार तयार पारेको बताए । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार