२०८३, मंसिर ९ गते

मंगलबार, मंसिर ९ गते २०८३

मंगलबार, मंसिर ९ गते २०८३

सरकारलाई गगनको चेतावनी : पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्नँ

सरकारलाई गगनको चेतावनी : पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्नँ

साझा पोष्ट
मंगलबार, मंसिर ९ २०८३
  • images
    सरकारलाई गगनको चेतावनी : पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्नँ
    images

    काठमाडौं, मंसिर ८ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन् । मंगलबार (मंसिर ८) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्ताे चेतावनी दिएका हुन्  । 


    images


    उनले भने ‘ अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, ‘ए सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न ग¥यो भने तल–माथि हुन सक्छ ।’ अनि अलिकति प्रश्न गर्न सुरु गरेको साच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थाले । अनि साथीहरूले भन्नुभयो, ‘तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’ अनि मैले पोखरा समात्ला भन्ने साथीहरूलाई भनेको छु, ‘पकड़ने’ साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’

    आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै  कानुन अनुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई सचेत गराएका हुन् ।  कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे । आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ ।

    तर, राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए । राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनले बताए ।

    “नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उनले भने । सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उनले उल्लेख गरे । उनले राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे ।

    उनले आफू विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताए । राजाको शासनकालमा आफूले एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा पनि निकै दुःख पाएको उनको भनाइ थियो ।

    कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले सुनाए । थापाले व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे ।

    “व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ । तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला । प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार