२०८३, मंसिर ९ गते

मंगलबार, मंसिर ९ गते २०८३

मंगलबार, मंसिर ९ गते २०८३

प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना

प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना

साझा पोष्ट
मंगलबार, मंसिर ९ २०८३
  • images
    प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना
    images

    काठमाडौं, मंसिर ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्ने गरी ऐन निर्माण गर्न लागिएको बताएका छन् ।
    मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।


    images

     चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवर्द्धनका साथै आर्थिक विकासमा योगदान पुर्‍याउने उद्योगको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थाहरूको अवस्था बेहाल रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा जोड दिए । चलचित्र क्षेत्रको विकासका लागि संस्थाको अध्यक्ष क्षमतावान हुनुपर्ने बताउँदै उनले सोहीअनुसार योग्यता तय गरिनुपर्ने धारणा राखे ।

    चलचित्र क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ छ । सङ्घीयताअनुसार अधिकार बाँडफाँड गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उनले तीन तहको सरकार एकअर्काका परिपूरक हुने गरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

    संस्थागत अवस्था र नेतृत्वबारे मन्त्री तिमिल्सिनाले भने, ‘सरकारको प्रतिनिधिको रूपमा आजसम्म आएर हेर्दा सबै संस्थाहरू बेहाल अवस्थामा छन्, कुनै पनि संस्थाहरूमा सशक्तीकरण नै छैन र संस्था प्रमुखहरूमा समेत क्षमता नै छैन ।’ त्यसकारण संस्था मरेको हो कि बाँचेको हो जस्तो भएको उल्लेख गर्दै उनले भने, ‘अब त्यो संस्थाको प्रमुखलाई चाहिँ कस्तो बनाउने भन्ने कुरा तपाईंहरूको हातमा आइपुगेको छ ।’

    प्रदेशको भूमिका र अधिकार बाँडफाँटबारे उनले भने, ‘प्रदेश सरकारले चलचित्रसँग सम्बन्धित कति काम गर्न मिल्छ वा ऐनमा समावेश गर्न मिल्छ भन्ने कुरा एउटा पाटो हो, तर चलचित्रसम्बन्धी काम गर्न प्रदेशलाई बन्देज गर्न मिल्छ कि मिल्दैन होला ।’ 

    सङ्घको कानुनसँग नबाझिने गरी प्रदेशले आफ्नै कानुन बनाउन पाउनुपर्ने र प्रदेशको अधिकारमा अङ्कुश लगाउन नहुने उल्लेख गर्दै उनले भने, ‘सङ्घीय व्यवस्थामा छौँ, केही न केही अधिकार त तल्लो तहमा दिनैपर्‍यो भनेर कानुन बनाउन थाल्यौँ भने ठुलो दुर्घटनामा पर्न सक्छौँ, एकअर्काको परिपूरक हुने गरी अधिकार बाँडफाँड गर्‍यौँ भने यो प्रभावकारी हुँदो रहेछ ।’

    सङ्घ, प्रदेश र स्थानीय तहको योगदानबारे उनले भने, ‘हामीले समग्रमा गर्न खोजेको के हो भने देशको चलचित्र क्षेत्रको विकास गर्न खोजेको हो, यसमा सङ्घ, प्रदेश र स्थानीय तीन तहको सरकारले योगदान गर्नुपर्छ ।’ सङ्घीयताको मर्मअनुसार तल्लो तहमा समेत अधिकार दिनैपर्छ भनेर कानुन निर्माण गर्न थालियो भने देश ठुलो दुर्घटनामा पर्ने उनको तर्क छ ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार