मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी
    images
    काठमाण्डौ । बाग्लुङको तमानखोला गाउँपालिकामा कांग्रेसका जोकलाल बूढा निर्वाचित भएका छन्। बूढाले दुई हजार ७०७ मा मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन्। नेकपा (एमाले)का देवन्द्र छन्त्यालले ३९२ मत मात्र पाएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै कांग्रेसकी हिराकुमारी छन्त्याल दुई हजार ७६८ मत सहित विजयी भएकी छन । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निशु रसाइलीले एक हजार ९५८ मत पाईन । छ वडा मध्ये १, २ र ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ। त्यस्तै ३, ५ र ६ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार