शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

हेटौडामा एमालेका उम्मेदवार तेस्रो स्थानमा झरे, राप्रपा माथि जाँदै

हेटौडामा एमालेका उम्मेदवार तेस्रो स्थानमा झरे, राप्रपा माथि जाँदै

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    हेटौडामा एमालेका उम्मेदवार तेस्रो स्थानमा झरे, राप्रपा माथि जाँदै
    images
    काठमाडौं ।  हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेलाई राप्रपाले उछिनेको छ । एमाले तेस्रो स्थानमा झरेको छ । मेयरमा गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । मतगणनाको सुरुवातबाट पहिलो र दोस्रो स्थानमा गठबन्धन र एमाले भए पनि अहिले राप्रपा दोस्रोमा पुगेको हो । पछिल्लो पटक सार्वजनिक भएको परिणाम अनुसार ७४ सय ६१ मतगणना हुँदा गठबन्धनकी उम्मेदवार मीना लामा २२ सय ४२ मतसहित पहिलो स्थानमा छन् । उनी नेकपा एकीकृत समाजवादीकी हुन् । दोस्रो स्थानमा उक्लिएका राप्रपाका उम्मेदवार दीपक सिंहले २१ सय ३७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा झरेको एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ३७ मत ल्याएका छन्। हाल हेटौंडाको १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा हेटौंडामा नेकपा एमाले विजयी भएको थियो ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार