शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

प्रधानमन्त्री देउवाद्वारा लुम्बिनीमा बौद्व सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा लुम्बिनीमा बौद्व सम्मेलन केन्द्रको उद्घाटन

साझा पोष्ट
आइतबार, जेठ १ २०७९
  • images
    प्रधानमन्त्री देउवाद्वारा लुम्बिनीमा बौद्व सम्मेलन केन्द्रको उद्घाटन
    images
    बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्व जन्मस्थल लुम्बिनीमा बनाइएको बौद्व सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गरेका छन् । सोमबार बिहान एक समारोहका बीच प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गरेका हुन् । पाँच हजार जना अट्ने क्षमताको हल बनेपछि यहाँ हुने सम्मेलन र समारोह सन्चालनका लागि सजिलो हुनेछ । यहाँ हरेक वर्ष अस्थायी हल बनाएर बुद्व जयन्ती समारोह हुँदै आएको थियो। यसवर्षको बुद्व जयन्तीका अवसरमा सोमबार दिउँसो यही हलमा नेपाल र भारतका प्रधानमन्त्रीले २५६६ औं बुद्व जयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । समारोहका लागि अहिले हल सिंगारेर चिटिक्क पारिएको छ । दुबै मुलुकका प्रधानमन्त्री सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।यस्ता सम्मेलन र समारोह आयोजनाकालागि पाँच वर्ष अघि हल निमार्ण थालिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार