मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

बैतडीको डिलासैनीमा एमालेका विद्रोही उम्मेदवार जोशी विजयी

बैतडीको डिलासैनीमा एमालेका विद्रोही उम्मेदवार जोशी विजयी

साझा पोष्ट
सोमबार, जेठ २ २०७९
  • images
    बैतडीको डिलासैनीमा एमालेका विद्रोही उम्मेदवार जोशी विजयी
    images
    काठमाण्डौ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । जोशी ३ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी सत्तासाझेदार दलबाट गठबन्धनका उम्मेदवार माओवादीका लोकेन्द्रबहादुर रानाले २ हजार ६ सय ५१ मत प्राप्त गरे । डिलासैनीमा एमाले तेस्रो भयो । जोशी एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर पुतली चिन्हमा चुनाव लडेका थिए । यस्तै उपाध्यक्षमा भने गठबन्धनका भगीरथ बोहरा ३ हजार ८ सय ७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाएकी छिन् । नवनिर्वाचित गाउँपालिका अध्यक्ष जैशीको समूहले पालिकामा तीन वटा वडा समेत जितेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार