मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

संसद भवन अगाडि बम राखेको आरोपमा चार जना पक्राउ

संसद भवन अगाडि बम राखेको आरोपमा चार जना पक्राउ

साझा पोष्ट
मंगलबार, जेठ ३ २०७९
  • images
    संसद भवन अगाडि बम राखेको आरोपमा चार जना पक्राउ
    images

    काठमाण्डौ । वैशाख ३० गते चुनावको दिन बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ‘सिलिन्डर बम’ राखेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    images
    images
    पक्राउ पर्नेमा खोटाङ घर भएर बल्खु बस्ने बिके सिंह, करण श्रेष्ठ, राज थापा र हरिकृष्ण थापा छन् । नेपाल कम्युनिष्ट पार्टी (सिवादी)ले विष्फोटको जिम्मा लिएको थियो । यो समूह विप्लव नेतृत्वको विप्लव समूहबाट अलग भएर बनेको संगठन रहेको खुलेको छ । यो समूहले ‘जनयुद्ध–२’ आह्वान गरेको पर्चा पनि घटनास्थलमा भेटिएको छ । नयाँ बानेश्वरमा सिलिन्डर बम राखेको आरोपमा केहीलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । । शुत्रवार बिहान करिब २ बजेतिर आगो बलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले सिलिन्डरबाट ग्याँस लिक गराएर मट्टितेल छर्केको कपडामार्फत आगो लगाएर हिँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पछि सिलिन्डर विष्फोट भएको थियो । प्रहरीले घटनामा प्रयोग गरिएको २ वटा स्कुटर, पर्चा र कम्ब्याट ड्रेस बरामद गरेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार