मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका माओवादीले जित्यो

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका माओवादीले जित्यो

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका माओवादीले जित्यो
    images
    काठमाण्डौ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मतसहित नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए । एमाले उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाइन् । यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाहीले जितिन । शाहीले ७ हजार २६७ मत पाइन् ।निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाएका छन् । रुकुम पश्चिमका ६ वटा पालिकामध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्रले जितेको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ । अब जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाको परिणाम मात्र सार्वजनिक हुन बाँकी छ । पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार