मंगलबार, जेठ ८ गते २०८१
Logo
मंगलबार, जेठ ८ गते २०८१
images
images
Logo
images

पछिल्लो गणनामा बालेनलाई ८ हजार भन्दा बढी मतको अग्रता

पछिल्लो गणनामा बालेनलाई ८ हजार भन्दा बढी मतको अग्रता

साझा पोष्ट
बुधबार, जेठ ४ २०७९
  • images
    पछिल्लो गणनामा बालेनलाई ८ हजार भन्दा बढी मतको अग्रता
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितलाई ८ हजार भन्दा बढी मतले पछाडी पारेका छन् । अहिलेसम्म महानगरको ४३ हजार ६४८ मतगणना भएको छ । जसमा बालेनले १७ हजार ३१ मत पाएका छन् ।  स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार १ सय १५ छ । तेस्रो स्थानमा रहेर नेपाली कांग्रेसकी सिर्जना सिंहले स्थापितलाई पछ्याइरहेकी छन् । सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन भन्दा ९ हजार ९० मतले पछाडि छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।

    प्रतिक्रिया हरु
    थप समाचार