सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

देउवा र प्रचण्डको छलफलपछि कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

देउवा र प्रचण्डको छलफलपछि कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै

साझा पोष्ट
शनिबार, भदौ १८ २०७९
  • images
    देउवा र प्रचण्डको छलफलपछि कार्यदलसहित शीर्ष नेताको बैठक बस्दै
    images
    काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो। दुई नेताको छलफलपछि सत्ता घटकका पाँच दलको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । शीर्ष तहका नेता सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए । आसन्न चुनावमा सिट भागबण्डामा सहमति खोज्नका लागि पाँच दलको बैठक बस्न लागेको हो । यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज फेरी छलफलका लागि नेताहरुलाई डाकिएको छ । कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार