सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भ्रष्टाचार आरोपमा सांसद पद गुमाएका कांग्रेस नेता गच्छदार फेरी उम्मेदवार सिफारिस; भन्छन्, जित्ने मैले नै हो

भ्रष्टाचार आरोपमा सांसद पद गुमाएका कांग्रेस नेता गच्छदार फेरी उम्मेदवार सिफारिस; भन्छन्, जित्ने मैले नै हो

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    भ्रष्टाचार आरोपमा सांसद पद गुमाएका कांग्रेस नेता गच्छदार फेरी उम्मेदवार सिफारिस; भन्छन्, जित्ने मैले नै हो
    images
    काठमाडौं । भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ। अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो। तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरियो । अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका थिए। गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए। ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनियमतिता गरेको आरोपमा मुद्या दायर भएपछि फरार रहेका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए। सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन्। यो अवधिमा उनी १८ पटक मन्त्री भए । सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लाग्दै आएका गच्छदारले आफूमाथि एमाले सरकारले विनाकरण मुद्दा लगाएको दावी गर्दै आएका छन्। अहिले निर्वाचन क्षेत्रमा पुगेका गच्छदारले आफूले फेरि चुनाव जित्ने दावी गरेका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार