सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संसदको आयू लम्ब्याउन खोजिएकोमा आपत्ति जनाउँदै राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

संसदको आयू लम्ब्याउन खोजिएकोमा आपत्ति जनाउँदै राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    संसदको आयू लम्ब्याउन खोजिएकोमा आपत्ति जनाउँदै राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पद त्यागेको घोषणा
    images
    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पद त्यागेकाे घोषणा गरेका छन । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै लिङ्देनले आजदेखि आफू संसदमा नआउने र संसद सदस्य पनि नरहेको घोषणा गरेका हुन । चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको र त्यो लज्जाको विषय भन्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन । राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी र लज्जित भएकाले राजीनामा दिनुपर्ने लागेको बताए । ‘भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ' उनले भने,'त्यसले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भने लेखे दिन पनि तयार छु ।’ सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ । त्यसप्रति लिङ्देनले कडा आपत्ति जनाएका छन । निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ छ । उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा छ । लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार