सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेमकिपाको माग : चुनावमा भाग नलिनेको तटस्थ चुनावी सरकार बनाउँ

नेमकिपाको माग : चुनावमा भाग नलिनेको तटस्थ चुनावी सरकार बनाउँ

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    नेमकिपाको माग : चुनावमा भाग नलिनेको तटस्थ चुनावी सरकार बनाउँ
    images
    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन्। आइतवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद सुवालले हालसम्मका सरकारले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउन तटस्थ सरकार बनाउनुपर्ने माग गरे । उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए। ‘निर्वाचन घोषणासँगै चुनावमा भाग नलिने तटस्थ सरकार आवश्यक छ। अहिलेसम्म सरकारहरुबाट निष्पक्ष चुनाव भएको अभिलेख छैन। ’ सुवालले भने– त्यसकारण निर्वाचनमा भाग नलिनेहरुक तटस्थ सरकार बनाउनुपर्छ ।’ उनले तटस्थ सरकार बनाउने पहल गर्न पनि माग गरे । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरित भन्दै संसद बैठक चलाउन नहुने बताए। 'निर्वाचनको मिति घोषणा भइसकेपछि संसद बैठक सञ्चालन गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन हो। हामीले जनतालाई कसरी भन्ने ?  अरु निकायहरुलाई के भन्ने ?’  सुवालले भने- तपाईहरुले संसद चलाएर सबथोक निर्णय गर्न मिल्ने अनि हामीले केही गर्न नपाउने के को आचारसंहिता भनेर संसदप्रति नै प्रश्न तेर्साउने सम्भावना छ। त्यसकारण यो संसद निर्वाचनको मिति घोषणा भइसकेपछि चलाउन नहुनेतर्फ पनि म यहाँ दोहोर्याउन चाहन्छु।’  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार