सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतलाई हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको हारको बदला लियो

भारतलाई हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको हारको बदला लियो

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    भारतलाई हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको हारको बदला लियो
    images
    काठमाडौं । एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले भारतलाई हराएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मोहमद नवाजले ४२ रन जोड्दा फकर जमानले १५ रन बनाए । कप्तान बाबर आजम १४ रन बनाएर आउट भए। आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए । भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डयले, हर्सदीप सिंह रबि बोस्नोई र युजभेन्द्र चाहलले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८÷२८ रन बनाए । दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डय सुन्य रनमा आउट भए । पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १÷१ विकेट लिए । यस जितसँगै पाकिस्तानले भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार