सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

एकदिवसीय सिरिजमा केन्याविरुद्ध नेपाललाई क्लिन स्विपको अवसर

एकदिवसीय सिरिजमा केन्याविरुद्ध नेपाललाई क्लिन स्विपको अवसर

साझा पोष्ट
आइतबार, भदौ १९ २०७९
  • images
    एकदिवसीय सिरिजमा केन्याविरुद्ध नेपाललाई क्लिन स्विपको अवसर
    images
    काठमाडौं । केन्याविरूद्धको एकदिवसीय सिरिजमा नेपालले आज आफ्नो अन्तिम तथा तेस्रो खेल खेल्दैछ। खेल केन्याको नैरोबीस्थित जिमखाना मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ। अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २–० को अग्रता लिएर सिरिज जितेको थियो। तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेतृत्व गरेका हुन्। एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी–२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३–२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार