सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

संसदको कार्यकाल लम्ब्याउन खोजिएपछि निर्वाचन आयोगले निकाल्यो विज्ञप्ती

संसदको कार्यकाल लम्ब्याउन खोजिएपछि निर्वाचन आयोगले निकाल्यो विज्ञप्ती

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    संसदको कार्यकाल लम्ब्याउन खोजिएपछि निर्वाचन आयोगले निकाल्यो विज्ञप्ती
    images
    काठमाण्डौं । निर्वाचन आयोगले संसदको कार्यकाल चुनावपछिसम्म हुने गरी संघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । आयोगले एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाइ आयोगले दिएको परामर्शका आधारमा चुनावको मिति तोकी तयारीको कार्य हुँदै गरेको अवस्थामा प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकालका सम्बन्धमा अन्यथा हुने गरी कानुन संशोधन गर्नु वाञ्छनीय नदेखिने जनाएको छ । आउँदो मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले सङ्घीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँगसमेत परामर्श गरी जारी गरेको निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको पनि विज्ञप्तिमार्फत स्मरण गराएको छ । सरकारले नयाँ संसद्ले काम नथालेसम्म अहिलेकै संसद्को कार्यकाल सक्रिय रहिरहने व्यवस्थासहित कानुन संशोधन गर्ने तयारी गरेपछि आयोगको विज्ञप्ती आएको हो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार