सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

१० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउने गरी काम गर्छौं - सरकारका प्रवक्ता

१० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउने गरी काम गर्छौं - सरकारका प्रवक्ता

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    १० वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउने गरी काम  गर्छौं - सरकारका प्रवक्ता
    images
    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबको दस वर्षमा नेपाललाई दक्षिण एसियाकै धनी राष्ट्र बनाउने गरि काम गर्ने बताएका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँगको भेटमा सञ्चारमन्त्री कार्कीले नेपाललाई सम्पन्न र सभ्य राष्ट्र बनाउन र दक्षिण एसियाकै धनी मुलुक बनाउन काम गर्ने बताएका हुन् । मन्त्री कार्कीले मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन बनेको समेत बताए । गठबन्धन कसैका विरुद्ध नभएर संविधानको रक्षाका लागि निर्माण भएको मन्त्री कार्कीको भनाइ थियो। मन्त्री कार्कीले सिट बाँडफाँट न्यायोचित र स्वभाविक ढंगले हुने जानकारी दिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार