सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सबैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँड हुन्छ: सञ्चारमन्त्री कार्की

सबैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँड हुन्छ: सञ्चारमन्त्री कार्की

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    सबैले जितेको छु भन्ने भावका साथ सिट बाँडफाँड हुन्छ: सञ्चारमन्त्री कार्की
    images
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सत्ता गठबन्धनको कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँड न्यायोचित र सम्मानजक हुने बताएका छन । नेपाल प्रेस युनियन केन्द्रीय पदाधिकारी र सदस्यसँग मन्त्रालयमा भएको भेटमा मन्त्री कार्कीले सबैको सम्मान हुने गरी सिट बाँडफाँट हुने बताए । उनका अनुसार सबैले मैले जितेको छु भन्ने भावका साथ सहमति हुनेछ । सिट बाँडफाँडको काम चाँडै सक्नुपर्ने चाप आफूहरुलाई भएको उनले बताए । धेरैभन्दा धेरै आफ्नो दलका प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविक भएको पनि उनले बताए ।  ‘सिट तीन आधारमा बाँडफाँड हुन्छ । न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावका साथ सिटको बाँडफाँट व्यवस्थित रुपले चाँडै नै हुने छ ।’ उनले भने । मुलुकलाई संविधान र समृद्धिको बाटोमा हिँडाउन गठबन्धन जरुरी रहेको र यो कसैका विरुद्ध नभएको पनि कार्कीले बताए । ‘गठबन्धन दलहरुको सिद्धान्त फरक छ तर मुलुकको स्वाधीनता, लोकतन्त्र र जनताको हितका पक्षमा हाम्रो धारणा साझा छ,’ कार्कीले भने । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार