सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

माओवादी सांसद महतको राजेन्द्र लिङदेनमाथि टिप्पणी : संसदका बोझ गए हल्का भयो

माओवादी सांसद महतको राजेन्द्र लिङदेनमाथि टिप्पणी : संसदका बोझ गए हल्का भयो

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    माओवादी सांसद महतको राजेन्द्र लिङदेनमाथि टिप्पणी : संसदका बोझ गए हल्का भयो
    images
    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद पद त्यागेपछि संसद 'हल्का' भएको टिप्पणी गरेका छन । राप्रपाका एकमात्र सांसद लिङदेनले आइतबार प्रतिनिधि सभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेकोमा माओवादी सांसद महतले लिङदेनलाई सदनको 'बोझ' भन्दै उनले छोडेपछि 'हल्का' भएको टिप्पणी गरेका हुन । 'आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कलझुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्दा सदनका लागि बोझजस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवाद, महतले मंगलबारको संसद बैठकमा भने-पुन: सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो। त्यो अवसर पाइएन।' लिङ्देनले प्रतिनिधिको कार्यकालयको गणना प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनबाट गर्ने गरी सरकारले ल्याएको विधेयकको विरोध गर्दै सांसद पद त्यागेको घोषणा गरेका थिए ।  उनले निर्वाचनपछि पनि प्रतिनिधि सभा राख्दा तलब भत्ता खानमात्र सांसद बनेको जस्तो देखिने बताएका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार