सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सिट बाँडफाँड पेचिलो बन्यो, हुन्छ हुन्न भन्न सकिन्नँ : माधवकुमार नेपाल

सिट बाँडफाँड पेचिलो बन्यो, हुन्छ हुन्न भन्न सकिन्नँ : माधवकुमार नेपाल

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    सिट बाँडफाँड पेचिलो बन्यो, हुन्छ हुन्न भन्न सकिन्नँ : माधवकुमार नेपाल
    images
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र सिट बाँडफाँड निकै पेचिलो बन्दै गएको बताएका छन्। पार्टीनिकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँड सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठेको बताए । 'अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। तालमेल गर्दै जाने क्रममा नै हामी सिट बाँडफाँड गर्न चाहिरहेका छौँ ।' उनले भने-त्यो कति सम्भव छ, कति सम्भव छैन भन्नेबारे प्रश्न उठेको छ। आफ्नो पार्टीले त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको पनि उनले बताए । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवार जिताउने गरी संगठन परिचालनमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए।त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिमा सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माणमा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार