सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

सांसद सुवालको प्रश्न : गणतन्त्र र पञ्चायतमा के फरक छ ?

सांसद सुवालको प्रश्न : गणतन्त्र र पञ्चायतमा के फरक छ ?

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    सांसद सुवालको प्रश्न : गणतन्त्र र पञ्चायतमा के फरक छ ?
    images
    काठमाडौं । नेमकिपा सांसद प्रेम सुवालले पञ्चायत र गणतन्त्रमा के फरक छ भन्ने प्रश्न सोधेका छन । मंगलबार प्रतिनिधि सभामा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको संसदको समयावधि थप्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै सुवालले सरकारलाई यस्तो प्रश्न गरेका हुन् । ‘पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौ, त्यसपछि बहुदल र गणतन्त्र आयो । यतिवेला पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो ।’ सुवालले भने– त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ? ' सुवालले प्रश्न गरे । आम नागरिकले व्यवस्था फेरिएपनि परिवर्तनको अनुभूति गर्न नपाएको भनेर बारम्बार असन्तुष्टि जनाइरहेका बेला सांसद सुवालको संसदमा रेकर्ड हुने गरी प्रश्न आएको हो । उनले पात्र फरक भएपनि काम उही हुने गरेको टिप्पणी गरे । उनले निर्वाचन घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र संसदको पनि अन्त्य हुनेछ भनेर लेखेको भए अहिले यो समस्या नै नहुने बताए । उनले संसदको कार्यकाल लम्ब्याउने विषयमा सञ्चारमाध्यममा आएका समाचारका हेडलाइन पढ्दै लाजमर्दो विषयमा सरकारको ध्यान जाननसकेको बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार