सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

क्रिकेटर सन्दीपमाथि नाबालिका बलात्कार गरेको आरोप, प्रहरीमा किटानी जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?

क्रिकेटर सन्दीपमाथि नाबालिका बलात्कार गरेको आरोप, प्रहरीमा किटानी जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    क्रिकेटर सन्दीपमाथि नाबालिका बलात्कार गरेको आरोप, प्रहरीमा किटानी जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?
    images
    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा क्यारेवियन प्रिमयर लिग खेल्नका लागि जमैकामा छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताए । सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । जाहेरीअनुसार ती किशोरी र सन्दीपको चिनजान सामाजिक सञ्जाल मार्फत भएको थियो। किशोरी सन्दीपकी फ्यान थिइन्। स्न्यापच्याटमा ‘स्यान्डी ड्रिम्स’ नामको सन्दीपको आईडीमा जोडिएकी उनलाई सन्दीपले राम्रै महत्व दिएको महसुस गरी नजिक भइन्। स्न्यापच्याटमार्फत चिनजान भए पनि चिनजानको छोटो समयमै उनी इन्स्टाग्राममा पनि जोडिएका थिए। तर सन्दीप भने ती किशोरीसँग स्न्यापच्याटमा मात्रै कुरा गर्थे। स्न्यापच्याटमा आफैँ म्यासेज डिलिट हुने गरी सेटिङ मिलाउने सुविधा हुन्छ। स्न्यापच्याटमा जोडिएपछि भेटघाटका लागि सन्दीपले प्रस्ताव गरेका थिए। भेटका लागि किशोरी राजी भइन्। भदौ ५ गते साँझ ६ बजे किशोरीलाई लिन सन्दीप निजी कार लिएर किशोरी बस्ने होस्टल नजिकै पुगेको बताइएको छ । त्यसपछि उनीहरु नगरकोट पुगेका थिए । त्यहाँ केही समय बिताएपछि काठमाडौं फर्कदा ढिला भएकाले किशोरी बस्ने होस्टल बन्द भएपछि होटलमा रात विताएको थाहा भएको छ । साढे ११ बजे गौशालास्थित तिलगंगामा रहेको एक होटलमा गए बसेका थिए । त्यसपछि मादक पदार्थ पिलाएर लठ्याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको आरोप किशोरीको आरोप छ। ती किशोरीका अनुसार सन्दीपले अर्को दिन नै उनलाई स्न्यापच्याट र इन्स्टाग्राम सबैतिरबाट ब्लक गरे। उक्त घटनाले मानसिक रूपमा विक्षिप्त बन्दै गएकी उनले ४ दिनपछि आफ्नो नजिकको एक जना साथीलाई सबै घटनाक्रम सविस्तार सुनाइन्। साथीले ‘पुलिस केस’ गर्न सुझाइन्। साथी र सामाजिक अभियन्ताले सम्झाइबुझाइ गरेपछि मंगलबार उनी प्रहरी वृत्तमा जाहेरी दिन पुगेको उनीनिकट स्रोतले बताएको छ। यो पनि  पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दिप लामिछानेलाई के कारवाही हुन्छ ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार