सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

को हुन् ती युवती जसले पीडित भनिएकी युवतीसँग सन्दीपको भेट गराइदिइन ?

को हुन् ती युवती जसले पीडित भनिएकी युवतीसँग सन्दीपको भेट गराइदिइन ?

साझा पोष्ट
मंगलबार, भदौ २१ २०७९
  • images
    को हुन् ती युवती जसले पीडित भनिएकी युवतीसँग सन्दीपको भेट गराइदिइन ?
    images
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । हिजो साँझ प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको भन्दै एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । सन्दीपविरुद्ध परेको जाहेरीबारे अनुसन्धान भइरहेको र सम्भवतः आजै पक्राउ पुर्जी जारी हुने उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । सन्दीप यति बेला क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिजमा छन् । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको घर नुवाकोट भएको बुझिएको छ । उनी काठमाडौंको बागबजारको एक कलेजमा अध्ययनरत् छिन् । सन्दीप र ती किशोरीबीच एक महिनाअघि मात्र चिनजान भएको थियो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सन्दीपकै केटी साथीले ती किशोरी र सन्दीपको चिनजान गराइदिएकी थिइन् । ‘जाहेरी दिने किशोरीसँग सन्दीपकी केटी साथीको चिनजान रहेछ । उनै केटी साथीले सन्दीपसँग सामाजिक सञ्जालमा जोडिदिएकी रहिछिन्, प्रहरी श्रोत भन्छ, ‘पछि उनीहरू निरन्तर सामाजिक सञ्जालमा कुराकानी गर्न थाले । भेटघाट भने पहिलोपटक मात्रै भएको देखिन्छ ।’ सम्बन्धित समाचार पीडित युवतीको स्वास्थ्य परीक्षण गरियो, प्रहरी सीसी टिभी फुटेज हेर्दै, घटना पुष्टि भए सन्दिप लामिछानेलाई के कारवाही हुन्छ ? क्रिकेटर सन्दीपविरुद्ध नाबालिका बलात्कारको जाहेरी, कसरी सम्पर्क भयो, घटना के थियो ?

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार